Blog

डा. तिर्थेन्द्र खड्काले ल्याए आफ्नै वेवसाइट

नेपालगञ्ज  – नेपालगञ्जमा एक दशक भन्दा बढि समयदेखि स्वास्थ्य सेवा दिँदै आउनु भएका डाक्टर तिर्थेन्द्र खड्काले सेवा लिनेहरुलाई सजिलो होस् भनेर वेवसाइट खोल्नु भएको छ ।

प्रविधिको विकास संगै सेवाग्राहीहरुले आफुलाई चाहिएको डाक्टरी सूचना, डाक्टरको समय र अनुभव बारे सहजै जानकारी लिन सकुन् भनेर आफुले वेवसाइट खोलेको डाक्टर खड्काले बताउनु भयो । धेरै मानिसलाई नेपालगञ्जमा हाडजोर्नी सम्बन्धि जटिलखालका शल्यकृयाको सुविधा भएको थाहा नभएकाले जानकारी लिन सजिलो होस् भनेर यस्तो उपाय निकालेको उहाँको भनाई छ ।

कतिपयले विश्वास नगरेर टाढा गएर धेरै खर्च गरेर उपचार गर्न बाध्य भएकाले पनि उपलव्ध सबै सुविधा बारे जानकारी दिनका लागि वेवसाइट खोलेको उहाँले बताउनु भयो ।

https://orthonepalgunj.com/ वेवसाइटमा उहाँका बारेमा जानकारी, सेवाका लागि समय लिन सकिने सुविधा, हाडजोर्नी समस्या सम्बन्धि चिकित्सकीय अभ्यास सम्बन्धि जानकारी लगायतका सामग्री समेटिएको छ ।

चितवन पश्चिममा जोर्नी प्रत्यारोपण तथा दुरबिनको माध्यमबाट गरिने अत्याधुनिक अर्थ्रोस्कोपी सर्जरी सेवा नेपालगञ्जको भेरी अस्पतालमा मात्र उपलव्ध छ । ६ वर्ष अघि सुरु भएको यो सेवाबाट हालसम्म झण्डै ३ सय विरामीले लाभ लिएका छन् ।

यसको नेतृत्व डाक्टर खड्काले गरिरहनु भएको छ । नेपालगञ्जको भेरी प्रादेशिक अस्पतालमा सेवारत डाक्टर खड्काले जटिल खालका हाडजोर्नी सम्बन्धि सयौं शल्यकृया सफलतापूर्वक सम्पन्न गर्नु भएको छ ।  बरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर खड्काले नेपालगन्ज केन्द्र बनाएर पश्चिम नेपालमा जोर्नी प्रत्यारोपण तथा दुरबिनको माध्यमबाट गरिने अत्याधुनिक अर्थ्रोस्कोपी सर्जरी लगायतका सेवामा बढ्ता रुचि दिएर काम गरिरहेको बताउनु हुन्छ ।

उहाँले घुँडा तथा कुमको नसा प्रत्यारोपण तथा जोर्नी प्रत्यारोपणको सेवा पश्चिम नेपालमा पहिलो पल्ट सुरु गर्नु भएको हो ।

SOURCE: https://nepalmat.com/content/25365

Write a Comment

Your email address will not be published. Required fields are marked *

कुमको जोर्नी फुत्कने समस्या र दूरबिन प्रविधिबाट उपचार

कुमको जोर्नी (shoulder) बिभिन्न कारणहरुले फुत्किन सक्छ …

नेपालगञ्जमा घुडाको पूर्णजोर्नीको सफल प्रत्यारोपण

नेपालगञ्जमा डा. तिर्थेन्द्रको नेतृत्वमा पहिलो …

डा. तिर्थेन्द्र खड्काले ल्याए आफ्नै वेवसाइट

नेपालगञ्ज  – नेपालगञ्जमा एक दशक भन्दा बढि समयदेखि …