Blog

कुमको जोर्नी फुत्कने समस्या र दूरबिन प्रविधिबाट उपचार

कुमको जोर्नी (shoulder) बिभिन्न कारणहरुले फुत्किन सक्छ । त्यसै पनि मानब शरीरमा सबभन्दा बढि फुत्कने जोर्नी नै कुम हो । फुत्किरहने कुम (recurrent shoulder dislocation) ले पीडा महशुस गराउँछ, खेलकुद र दैनिक जीवनयापनका कृयाकलापमा बाधा पुर्‍याउँछ। एवम क्रममा आत्मबिश्वासको कमी गराउनुका साथै जोर्नी पूर्व अवस्थामा फर्कन नसक्ने गरी बिग्रन्छ।

कुम फुत्किने कारणहरु

१. खेलकुदका क्रममा कुममा लाग्ने चोट्

२. सडक दुर्घटना

३. अन्य बिभिन्न किसिमले जमिनमा लड्दा

४. मांसपेशी बलियो नहुनु

५. छारेरोग ,बिद्धुतिय झट्का इत्यादी

उमेर समुह

कुम फुत्कने समस्या कुनै पनि उमेरमा हुन सक्छ तर २० देखी ३० वर्ष समुहमा धेरै हुन्छ।

कुम फुत्केको कसर थाहा पाउने ?

माथी उल्लेखित कारणहरुले गर्दा कुम फुत्किन्छ । पहिलो पटक फुत्किदा धेरै दुखाइ हुने ,कुम सुन्निने , कुम चलाउन नसक्ने , हेर्दा नै कुमको आकृती बिग्रेको देखिने ईत्यादी हुन्छ । धेरै पटक फुत्कन थालेपछि यि सबै लक्षणका साथै सुतेको बेला पनि फुत्कन सक्ने र समग्र हातमा नै असर देखिन सक्छ।

कुम फुत्किए पछि के गर्ने ?

कुम फुत्कि सकेपछि तुरुन्त मिलाउनु पर्छ। नजिकको अस्पताल वा स्वास्थकर्मी, हाडजोर्नी बिशेषज्ञको सहयोग आवश्यक हुन्छ। पहिलो पटक भएको हो भने मिलाई सके पछि केहि समय shoulder immobilizer मा हात राख्नुपर्छ। यसरि हात नचलाएर राखेपछि एक वा डेढ महिना पछि ब्यायमहरु सुरु गर्नुपर्छ।

शल्यक्रिया कसलाई आवश्यक हुन्छ ?

पहिलो पटक हो भने माथि उल्लेखित बिधीबाट उपचार हुन्छ। पहिलो पटक कुम फुत्किएको हो भने सामान्यतया: शल्यक्रियाको आवश्यकता हुँदैन। तर पटक पटक फुत्किन थाल्यो भने तत्काल शल्यक्रिया जरुरी हुन्छ। शल्यक्रिया पूर्व xray , CT scan , MRI लगायत बिभिन्न जाँचहरु गर्नुपर्छ।

शल्यक्रिया कसरी गरिन्छ ?

आजभोली ठुलो चिरा दिएर शल्यक्रिया गरिदैन । अत्याधुनिक दूरबिन प्रविधि ( Arthroscopy ) को प्रयोग गरेर शिघ्र काममा फर्किन सकिन्छ । दूरबिन प्रविधि (arthroscopic bankart repair, remplissage, Laterjet ) को धेरै फाइदा छन। अप्रेसनको भोली पटक घर जान सकिन्छ।

शल्यक्रिया कहाँ गर्ने र खर्च कति लाग्छ ?

नेपालमा दूरबिन प्रविधिद्वारा कुमको शल्यक्रिया धेरै थोरै ठाउँहरुमा हुन्छ। पश्चिम नेपालको कुरा गर्दा भेरी अस्पताल, नेपालगन्जमा सम्पूर्ण अत्याधुनिक मेशिन तथा प्रविधि उपलब्ध छ। सानो चिराबाट दूरबिन तथा instrument छिराएर अमेरिका वा युरोपमा उत्पादित जटिल प्रविधियुक्त सामाग्री प्रयोग गर्नुपर्ने हुँदा खर्चिलो हुन आउँछ । तथापी नेपाल र भारतका अस्पतालहरुको सन्दर्भमा कुरा गर्दा सबैभन्दा सहज र सस्तो सेवा भेरी अस्पतालमा उपलब्ध छ।

SOURCE: https://swasthyapage.com/2023/23869/https://swasthyapage.com/2023/23869/

नेपालगञ्जमा घुडाको पूर्णजोर्नीको सफल प्रत्यारोपण

नेपालगञ्जमा डा. तिर्थेन्द्रको नेतृत्वमा पहिलो पल्ट घुडाको पूर्णजोर्नीको सफल प्रत्यारोपण

नेपालगञ्ज – नेपालगञ्जमा घुडाको पूर्णजोर्नीको पहिलो पल्ट सफल प्रत्यारोपण गरिएको छ ।

वरिष्ठ अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र खड्काको नेतृत्वमा नेपालगन्जको चार बाहिनी रोड स्थित हेल्थ केयर अस्पतालमा ६७ बर्षिय लालबहादुर थापाको दाहिने घुडाको पूर्णजोर्नी प्रत्यारोपण (Total knee replacement ) गरिएको हो ।

उक्त शल्यकृयामा डा. खड्काको सर्जिकल टीममा डा. ऋषि बिष्ट, डा. प्रकाश थापा, डा. राहुल मिश्र तथा एनेस्थेसियामा डा. पारस पाण्डेको सङलग्नता थियो ।

विश्व प्रशिद्ध अमेरिकन कम्पनी जिमरको कृतिम जोर्नीको प्रयोग गरी विग्रिएको जोर्नीलाई बिस्थापित गरी नयाँ जोर्नीको निर्माण गरिएको प्रत्यारोपण शल्यकृयाको नेतृत्व गर्नु भएका डा. खड्काले जानकारी दिनुभयो ।

कोहलपुरको हवल्दारपुर निवासी थापा लामो समयदेखि जोर्नी खिइने रोग ‘अस्टिओआर्थाइटिस’बाट पिडित हुनुहुन्थ्यो । घुडामा धेरै दुखाइ हुनुका साथै जोर्नी बाङ्गो भएर हिँडडुल गर्न मुस्किल भए पछि उपचारको निमित्त उहाँ डा. खड्काको सम्पर्कमा पुग्नु भएको थियो ।

अन्तिम अवस्थाको जोर्नीको समस्या भएको हुँदा पूर्ण जोर्नी प्रत्यारोपणको सल्लाह आफुले दिएको डा. खड्काले बताउनु भयो ।

वरिष्ठ अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र खड्का

डा. खड्काले बेलायतको लन्डन स्थित प्रसिद्ध वार्टफोर्ड अस्पताल तथा काठमाडौं स्थित सिभिल अस्पतालबाट जोर्नी प्रत्यारोपणमा उच्च स्तरिय तालिम लिएर लामो प्रयास गरेपछि पश्चिम नेपालमा जोर्नी प्रत्यारोपण सम्भव भएको हो । एक दशकदेखि नेपालगञ्जमा सेवारत खड्काले हाडजोर्नी उपचारमा पश्चिम नेपालमा जटिल खालका र नवीनतम सेवा प्रयासहरु गरिरहनु भएको छ ।

यस अगाडी पनि डा. खड्काले ५ सय भन्दा बढी बिरामीहरुको हिप जोर्नीको आंशिक तथा पूर्ण प्रत्यारोपण तथा घुडाको लिगामेन्टको पुनर्निर्माण गरिसक्नु भएको छ ।

हाडजोर्नी समस्यामा यस प्रकारको अत्याधुनिक तथा जटिल शल्यकृया नेपालगञ्जमा हुँदा पश्चिम नेपालबाट महंगो खर्चमा उपचारको निमित्त काठमाडौं वा भारतका बिभिन्न ठाउँमा भौतारिनु पर्ने अवस्थाको अन्त भएको छ ।

कुमको जोर्नी फुत्कने समस्या र दूरबिन प्रविधिबाट उपचार

कुमको जोर्नी (shoulder) बिभिन्न कारणहरुले फुत्किन सक्छ …

नेपालगञ्जमा घुडाको पूर्णजोर्नीको सफल प्रत्यारोपण

नेपालगञ्जमा डा. तिर्थेन्द्रको नेतृत्वमा पहिलो …

डा. तिर्थेन्द्र खड्काले ल्याए आफ्नै वेवसाइट

नेपालगञ्ज  – नेपालगञ्जमा एक दशक भन्दा बढि समयदेखि …