Blog

Avrupa’da kullanıcıların %67’si canlı oyunlarda gerçek krupiye ile etkileşimin eğlenceyi artırdığını belirtmiştir; bu deneyim bettilt giriş’in temel avantajıdır.

Kazançlarını artırmak isteyenler, en avantajlı bettilt fırsatlarını değerlendiriyor.

Online oyun keyfini artırmak isteyenler bettilt seçeneklerini değerlendiriyor.

İnternet üzerinden kupon yapmak isteyenler casibom giriş sayfasına yöneliyor.

नेपालगञ्जमा घुडाको पूर्णजोर्नीको सफल प्रत्यारोपण

नेपालगञ्जमा डा. तिर्थेन्द्रको नेतृत्वमा पहिलो पल्ट घुडाको पूर्णजोर्नीको सफल प्रत्यारोपण

नेपालगञ्ज – नेपालगञ्जमा घुडाको पूर्णजोर्नीको पहिलो पल्ट सफल प्रत्यारोपण गरिएको छ ।

वरिष्ठ अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र खड्काको नेतृत्वमा नेपालगन्जको चार बाहिनी रोड स्थित हेल्थ केयर अस्पतालमा ६७ बर्षिय लालबहादुर थापाको दाहिने घुडाको पूर्णजोर्नी प्रत्यारोपण (Total knee replacement ) गरिएको हो ।

उक्त शल्यकृयामा डा. खड्काको सर्जिकल टीममा डा. ऋषि बिष्ट, डा. प्रकाश थापा, डा. राहुल मिश्र तथा एनेस्थेसियामा डा. पारस पाण्डेको सङलग्नता थियो ।

विश्व प्रशिद्ध अमेरिकन कम्पनी जिमरको कृतिम जोर्नीको प्रयोग गरी विग्रिएको जोर्नीलाई बिस्थापित गरी नयाँ जोर्नीको निर्माण गरिएको प्रत्यारोपण शल्यकृयाको नेतृत्व गर्नु भएका डा. खड्काले जानकारी दिनुभयो ।

कोहलपुरको हवल्दारपुर निवासी थापा लामो समयदेखि जोर्नी खिइने रोग ‘अस्टिओआर्थाइटिस’बाट पिडित हुनुहुन्थ्यो । घुडामा धेरै दुखाइ हुनुका साथै जोर्नी बाङ्गो भएर हिँडडुल गर्न मुस्किल भए पछि उपचारको निमित्त उहाँ डा. खड्काको सम्पर्कमा पुग्नु भएको थियो ।

अन्तिम अवस्थाको जोर्नीको समस्या भएको हुँदा पूर्ण जोर्नी प्रत्यारोपणको सल्लाह आफुले दिएको डा. खड्काले बताउनु भयो ।

वरिष्ठ अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र खड्का

डा. खड्काले बेलायतको लन्डन स्थित प्रसिद्ध वार्टफोर्ड अस्पताल तथा काठमाडौं स्थित सिभिल अस्पतालबाट जोर्नी प्रत्यारोपणमा उच्च स्तरिय तालिम लिएर लामो प्रयास गरेपछि पश्चिम नेपालमा जोर्नी प्रत्यारोपण सम्भव भएको हो । एक दशकदेखि नेपालगञ्जमा सेवारत खड्काले हाडजोर्नी उपचारमा पश्चिम नेपालमा जटिल खालका र नवीनतम सेवा प्रयासहरु गरिरहनु भएको छ ।

यस अगाडी पनि डा. खड्काले ५ सय भन्दा बढी बिरामीहरुको हिप जोर्नीको आंशिक तथा पूर्ण प्रत्यारोपण तथा घुडाको लिगामेन्टको पुनर्निर्माण गरिसक्नु भएको छ ।

हाडजोर्नी समस्यामा यस प्रकारको अत्याधुनिक तथा जटिल शल्यकृया नेपालगञ्जमा हुँदा पश्चिम नेपालबाट महंगो खर्चमा उपचारको निमित्त काठमाडौं वा भारतका बिभिन्न ठाउँमा भौतारिनु पर्ने अवस्थाको अन्त भएको छ ।

Write a Comment

Your email address will not be published. Required fields are marked *

कुमको जोर्नी फुत्कने समस्या र दूरबिन प्रविधिबाट उपचार

कुमको जोर्नी (shoulder) बिभिन्न कारणहरुले फुत्किन सक्छ …

नेपालगञ्जमा घुडाको पूर्णजोर्नीको सफल प्रत्यारोपण

नेपालगञ्जमा डा. तिर्थेन्द्रको नेतृत्वमा पहिलो …

डा. तिर्थेन्द्र खड्काले ल्याए आफ्नै वेवसाइट

नेपालगञ्ज  – नेपालगञ्जमा एक दशक भन्दा बढि समयदेखि …